साताको दोस्रो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्वि

काठमाडाैं | पुस १८, २०७९

साताको दोस्रो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्वि

काठमाडौं:  साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो ।


सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो ।


उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ ।


सोमबार नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७।२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो ।


सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १६ करोड ८४ लाख ५१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजारको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजारको कारोबार भएको छ ।


सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ३९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्त, सृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।


यता नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा तेह्रथुम पावर कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्